- समाचार यात्रा
- २ साल अघि
- 93 जनाले पढ़िसके
धादिङ : धादिङ जिल्लाकै पहिलो सामुदायिक क्याम्पसको रुपमा संचालित नीलकण्ठ बहुमुखी क्याम्पस र भारतको तीन क्याम्पसवीच शैक्षिक गतिविधि आदान प्रदान गर्ने सम्झौता भएको छ । धादिङवेशीमा विशेष समारोहको आयोजना गरि दुई पक्षीय सम्झौता गरिएको हो ।
भारतको तेलङ्गाना राज्य स्थित हैदरावादमा संचालित स्टान्ली कजेफ अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी फर वुमन, सेन्ट जोसेफ डिग्री एण्ड पिजि कलेज र एरिस्टोटल पिजि कलेजसंग शैक्षिक गतिविधि आदान प्रदान गर्ने उद्येश्यले दुइपक्षीय सम्झौता गरिएको नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माले जानकारी दिए ।
स्टान्ली कजेफ अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी फर वुमन को तर्फबाट प्राध्यापक डाक्टर पद्मा यालाप्रगडाले दुइपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै सेन्ट जोसेफ डिग्री एण्ड पिजि कलेज र एरिस्टोटल पिजि कलेजको तर्फबाट हैदरावादको ओस्मानिया युनिभर्सीटीका पुर्व डीन प्राध्यापक डाक्टर सुर्यनाराण अलामरीले हस्ताक्षर गरेका छन् । तीन वटै सम्झौतामा नीलकण्ठ बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख नवराज शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा वोल्दै प्राध्यापक डाक्टर सुर्यनारायणले नेपालको सामुदायिक कलेजहरुको लागि यो सुनौलो अवसर भएको र यसले यहाँको शैक्षिक विकासको लागि ठुलो अर्थ राख्ने बताए । सम्झौता भएर मात्रै उपलब्धी नहुने भएकाले तत्काल उक्त सम्झौता कार्यन्वयन स्वरुप भारतका क्याम्पसहरुको स्थलगत भ्रमण गर्नको लागि सुर्यनारायणले नीलकण्ठ क्याम्पसलाइ निमन्त्रणा समेत गरेका छन् ।
यस सम्झौताले यहाँका विद्यार्थी तथा शिक्षकहरु भारतको उक्त क्याम्पसहरुमा गएर त्यहाँको शिक्षण सिकाइ विधिको ज्ञान लिन सक्ने, त्यहाँका राम्रा अभ्यासहरु सिक्न पाउने, अनुसन्धानका कामहरुमा सहकार्यको अवसर पाउने, विद्यार्थी तथा शिक्षकहरुले अन्तराष्ट्रिय शैक्षिक सेमिनारहरुमा सहभागिता जनाउन पाउने, आफ्नो प्रस्तुती गर्न पाउने एउटा माध्ययमको रुपमा सहयोग पु¥याउने नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्माले बताए ।