- समाचार यात्रा
- २ साल अघि
- 239 जनाले पढ़िसके
गोरखा : साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जाको सुरुवात गरेको छ । शाखा कार्यालय पालुङ्गटार गोरखाले यसको सुरुवात गरेको हो ।
लघुवित्तले आइतबार पालुङ्गटारमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी सुरुवात गरेको हो ।
पहिलो चरणमा वित्तीय संस्थामा आवद्ध उद्यमी सदस्यहरु मध्येका २४ जनालाई सहुलियतपूर्ण कर्जा वितरण गरिएको शाखा कार्यालय पालुङ्गटारका शाखा प्रमुख दिनेश देवकोटाले बताए ।
कार्यक्रमका संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सदस्यहरुको दिगो व्यवसाय विस्तार, प्रवर्धन र सवलीकरण गर्नको लागी साना तथा यूवा स्वरोजगार कोषसँग समन्वय गरी सहुलियत दरको कर्जा वितरण गरेको बताए।
उनले आगामी दिनमा स्थानिय सरकारसँगको साझेदारीमा बिउ बिजनको वितरण, निशुल्क प्राविधीक एवंम् परामर्श सेवा उपलब्ध गराउने सफल उद्यमी सदस्यहरुको सफलता कथा घर घरमा लैजाने बताए ।
संस्थाले हाल हिमाल, पहाड र तराईका ३१ जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढि सदस्यहरु लगानीमा रहिरहेको कर्जा ५ अर्ब ४५ करोड र सदस्यहरुबाट बचत संकलन १ अर्ब ३५ करोड रहेको प्रमुख अधिकृत न्यौपानेले जानकारी दिए ।