धादिङका एक जनामा हैजा देखियो

  • समाचार यात्रा
  • २ साल अघि
  • 56 जनाले पढ़िसके

धादिङ : धादिङमा एक महिलामा हैजा देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका वडा नं २ सिम्लेकी महिलामा हैजा देखिएको हो ।

साउन २९ गते झाडावान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौ पु¥याइएकोमा हैजा पुष्टि भएको हो । अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले जानकारी दिए । हैजा देखिएपछि मंगलबार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि समेत खटाइने निर्णय गरिएको छ ।

पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पिउने पानीको नमुना संकलन गरी पानीको गुणस्तर परिक्षण गर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्