टानको अध्यक्षमा निलहरि बास्तोला विजयी

  • समाचार यात्रा
  • २ साल अघि
  • 93 जनाले पढ़िसके

काठमाडौँ : पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपल ९टान० को ४४औं वार्षिक साधारण सभा एवम् निर्वाचनबाट निलहरी बास्तोलाले ६१६ मतसहित विजयी भएका छन् । अध्यक्षका प्रत्यासी द्वय रामप्रसाद सापकोटा र बोधराज भण्डारीलाई पराजित गर्दै बाँस्तोला बिजयी भएका हुन् ।

निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोला प्यानलनै विजयी भएको हो । टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहालले ५०४ मत, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित ५५२ मतका साथ विजयी भएका छ । द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले ५९८ मत ल्याएर विजयी भए । महासचिवमा विनोद सापकोटा ९बाबु० ५४४ मत, सचिवमा होमनाथ भट्टराई ५०३ मतका साथ विजयी भएका छन् । कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिनाले ४८८ मत, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा ५१६ मतसहित विजयी भएका हुन् ।

यस्तै महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने पर्यटन प्रवद्र्धनका निमित्त व्यावसायीक संस्था बनाउन केन्द्रीत हुने बताए ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८ सय ५० व्यवसायी आबद्ध टानमा एक हजार २ सय ५० मतदाता छन् ।

प्रतिकृया दिनुहोस्