लागूऔषसहित दुई जना पक्राउ

  • समाचार यात्रा
  • २ साल अघि
  • 50 जनाले पढ़िसके

मकवानपुर : मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार लागूऔषधसहित बसमा सवार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्सा वीरगन्ज बस्ने २२ वर्षीय रञ्जित शर्मालाई पक्राउ गरेको थियो । बसमा २० किलोको चामलको बोरामा लुकाई ल्याएको लागूऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुर्फिन ३१० एम्पुलसहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याब्लेट बरामद गरेको थियो ।

पक्राउ परेका रञ्जित शर्माले दिएको सूचनाका आधारमा प्रहरीले पर्सा वीरगन्ज बस्ने जटाशंकर सोनारलाई पनि पक्राउ गरेको छ । प्रहरीले ना.२६ प ७९८० नम्बरको मोटरसाइकलसहित लोथरस्थित सडक किनारमा बसिरेको अवस्थामा सोनाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख बामदेव गौतमले जनाए ।

प्रतिकृया दिनुहोस्