- समाचार यात्रा
- २ साल अघि
- 200 जनाले पढ़िसके
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ च्यात्राको विकट बस्तीमा विद्यालय भवन निर्माण गरिएको छ । गाउँमा विद्यालय भवन नहुदाँ पढाईबाट बन्चित हुदै आइरहेका थिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विद्यालय भवन निर्माण गरेको हो । आफै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो । विद्यालयमा पढाई समेत सुचारु भएको छ । गत भदौ १ गतेदेखि प्रज्वल स्मृति नमुना आधारभूत विद्यालयमा नियमित रुपमा पढाई संचालन भएको छ । अहिले विद्यालयमा ५० जना विद्यार्थीहरु भर्ना भएका छन् ।
विद्यालय भवनसँगै आवश्यक फर्निचर, शैक्षिक सामग्री, खेलकुदका सामग्रीहरु समेत उपलब्ध गराएको छ । गाउँमा विद्यालय भवन नभएको विद्यालयका शिक्षिका अस्मिता घलानले बताइन् । अब शिक्षाको गुणस्तर सुधार, प्राविधिक शिक्षा लगायतको व्यवस्था गर्न सके राम्रो हुने उनी बताउँछिन् ।
बेनिघाट रोराङ गाउँपालिका बाट दुई लाख, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कमिटि र धादिङ समितिले गरी दुई लाख र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले श्रमदानसहित ५ लाख ४१ हजार गरी ९ लाख ४१ हजारमा विद्यालय भवन निर्माण गरिएको हो ।
कोही पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले भवन निर्माणमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद थपलिया (विवेक) ले बताए । ‘दुर्गम भेगका बालबालिका विद्यालय टाढा भएकै कारण पढाईबाट बञ्चित हुन नपरोस् भनेर विद्यँलय निर्माण गरेका हौ“’, अध्यक्ष थपलिया भन्छन्, ‘पढाईलाई गुणस्तरीय बनाउदै कक्षाहरु थप गर्दै जानेछौ“ ।’