- समाचार यात्रा
- २ साल अघि
- 201 जनाले पढ़िसके

काठमाडौंः यसवर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ। मदन पुरस्कार गुठीले लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।
यस्तै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यसवर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको छ। श्रेष्ठ बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक हुन्।
वि।सं। २०७८ सालमा प्रकाशित गुठीलाई प्राप्त २९९ पुस्तकबाट ८ पुस्तक मदन पुरस्कारका लागि छनौट भएका थिए। जसमध्ये ‘अग्नि’ले मदन पुरस्कार हात पार्न सफल भएको हो।
यसवर्षको मदन पुरस्कारका लागि डा। नवराज लम्सालको ‘अग्नि’का साथै डा। दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा। नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीस् इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ सर्ट लिस्टमा परेका थिए।