विश्वकपको ट्रफी नेपालमा

  • समाचार यात्रा
  • २ साल अघि
  • 194 जनाले पढ़िसके

काठमाडौं : आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

ट्रफीको प्रदर्शनी भोलि मंगलबारबाट गरिने छ । ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान ७:३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबारस्क्वारमा ११:३० बजेबाट प्रदर्शनीमा राखिने बताए । ट्रफी टुरमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन् ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

प्रतिकृया दिनुहोस्