- समाचार यात्रा
- २ साल अघि
- 157 जनाले पढ़िसके
धादिङ : धादिङको पृथ्वी राजमार्गको क्षेत्रमा सञ्चालित १८ वटा होटल तथा खाजा घरहरूको जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ ।
जिल्ला अनुगमन टोलीले दुईदिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत काम गर्ने ११ होटललाई कारबाही गरेको घरेलु कार्यालय धादिङले जनाएको छ । जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको,तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको हो ।
गल्छी गाउँपालिका ७, भल्टारमा रहेको जुनतारा रेष्टुरेन्ट एण्ड लज र न्यू लुम्बिनी होटललाई १०/१० हजारका दरले जरिवाना गराइएको हो । यस्तै थाक्रे गाउँपालिका–२ मा रहेको न्यू काष्ठमण्डप होटललाई १५ हजार र होटल हिराचन एण्ड रेष्टुरेन्टलाई ५ हजार, धुनिबेशी न.पा.– ८ खानिखोलामा रहेको आर।पि। कोल्ड स्टोर एण्ड खाजा घरलाई २० हजार, मच्छिन्द्र स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको छ ।
बेनीघाट रोराङ गा.पा.– ३ सलाङघाटमा रहेको सफल होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ७ खटौलीमा रहेको नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई १० हजार, बेनीघाट रोराङ गा.पा.–७ खोष्टे मा रहेको– युनिक हाइवे होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ५ विशालटारमा रहेको बुढिगण्डकी हाइवे रेष्टुरेन्टलाई ५ हजार र बेनीघाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको चितवन स्टाफ होटललाई २० हजार जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
अनुगमनको क्रममा करिब १२ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका सामाग्रीहरु नष्ट समेत गरेको छ । कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएको जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको हो । उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न जिल्ला अनुगमन टोलीले आग्रह पनि गरेको छ ।