- समाचार यात्रा
- २ साल अघि
- 543 जनाले पढ़िसके

धादिङ : हामी सबैको कृषि तथा बहुउद्देश्य सहकारी संस्था लि. को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारमा रहेको सहकारीले अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशको सहकारी संघका अध्यक्ष डिल्लीराम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
युवाहरु मिलेर सन्चालन गरिएको सहकारीमा ५ सय २३ जना शेयर सदस्यहरु आबद्ध छन् । कृषक माझ लोकप्रिय सहकारीले कृषकहरुलाई बिउबिजन, कृषि औजार समेत बितरण गर्दै आइरहेको छ ।
साधारणसभाको अवसरमा रियान्स कुमाल र तारा श्रेष्ठलाई बालबचत कर्ता सम्मान, ८५ वर्षीय जुनकुमारी श्रेष्ठ जेष्ठ नागरिक बचतकर्ता, उमेश श्रेष्ठ, थानप्रसाद बस्यौला, सुनिल श्रेष्ठ, नवराज श्रेष्ठलाई उत्कृष्ट बचतकर्ता सम्मान गरिएको छ । सहकारीले सल्यानटारमा उत्पादन हुने मास, दाल, घैया, अदुवा बेसार, तील लगायतका कृषि उपज सामानहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियकरण गर्ने लक्ष्य राखेको छ ।
सस्थाले ८ लाख ५ हजार ३ सय ३७ रुपैया नाफा कमाउन सफल भएको भएको अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । सहकारीले निकट भविष्यमा धादिङबेसीमा शाखा विस्तार गरी सेवा गर्ने तयारी थालेको अध्यक्ष श्रेष्ठले बताए । सार्थ किरीया खर्च, सुत्केरी भत्ता, स्वास्थ्य बिमा समेत संस्थाले गर्ने बताएको छ ।