- समाचार यात्रा
- २ साल अघि
- 58 जनाले पढ़िसके

धादिङ : नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ(माझघरे) निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिवार सम्पन्न भेलाले श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।
संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया र डा.रामहरी रेग्मी, सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा.राम रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ, गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ, बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित भएका छन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय सदस्यहरु डा. देव कुमार न्यौपाने, डा. सुमन्त बन्जाडे र राजुराम मनाकर्मीको उप्सिथित रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारी, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला धादिङ अस्पतालका मे सु डा मधुकर दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
सभापतिमा निर्वाचित भएपछि राजकुमार श्रेष्ठले संस्थालाई थप मजबुत बनाई विधिसम्वत सन्चालन गर्ने र स्थानीय तह र सरोकार निकायहरुसंग सहकार्य गरी मुटु रोग सम्बन्धी जनचेतना फैलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुटु रोगको रोकथामको लागि स्क्रिनिङ क्याम्प सन्चालन गर्ने र धादिङ जिल्ला अस्पतालमा महिनाको एक पटक मुटुरोग विशेषज्ञबाट जिल्ला अस्प्तालमै मुटुरोगको उपचारको व्यवस्था मिलाउन पहल तथा अग्रसर भई लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा मुटुरोग विशेषज्ञ डा. देवकुमार न्यौपाने र डा सुमन्त बन्जाडेबाट गरिव तथा विपन्न र ज्येष्ठ नागरिकहरुको मुटु तथा स्वास्थ्य परिक्षण गरिएको थियो । ४३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा १६ जनाको ईको गरी निशुल्क सेवा प्रदान गरिएको थियो ।