- समाचार यात्रा
- २ साल अघि
- 107 जनाले पढ़िसके
काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले घर पुँरिदा तीन जनाको मृत्यु भएको छ । गयराति १ बजेको समयमा पहिरोले घर पुरिँदा आमा र दुई छोराछोरीको मृत्यु भएको हो ।
पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ, ४० वर्षीया साबित्री तामाङ र ६५ वर्षीया ठुलीमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठ जानकारी दिए ।
मृतक नीर बहादुर र सावित्री ठुलीमायाका छोरा र छोरी हुन् । निरबहादुर र साबित्रीको घटनास्थलमै मृत्यु भएको हो भने ठुलिमायाकाे उपचारको क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
स्थानीयका अनुसार मृतक निरबहादुरले नजिकै रहेको चलालगणेस्थान रोडाढुंगा उद्योगको सहयोगमा खानी सुरु गरेका थिए । स्थानीयका अनुसार बाख्रा लगायत पशुचौपाय पनि पुरिएका छन् । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजिकार्य गरिरहेको छ ।