मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

  • समाचार यात्रा
  • २ साल अघि
  • 28 जनाले पढ़िसके

काठमाडौं : पेरिस सेन्ट जर्मेइन (पीएसजी)का स्टार लिओनल मेस्सीले च्याम्पियन्स लिगमा एकै दिन दुई कीर्तिमान बनाएका छन् । त्यसमध्ये उनले एउटा कीर्तिमान क्रस्टियानो रोनाल्डोको तोडेका हुन् ।

फ्रेन्च क्लब पीएसजीले मकाबी हाइफालाई ३-१ ले पराजित गर्दा मेसीले एक गोल र एक असिस्ट गरेका थिए ।च्याम्पियन्स लिगमा एकै खेलमा दुई कीर्तिमान बनाउँदा मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।

सात पटकका बालोन डे ओर विजेता मेस्सीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाए । उनले मकाबीविरुद्ध गोल गरेपछि ३९ फरक टिम विरुद्ध च्याम्पियन्स लिगमा गोल गरे ।यसअघि मेस्सी र रोनाल्डो दुवैले समान ३८ टिमविरुद्ध गोल गरेका ।

यस्तै मेस्सीले च्याम्पियन्स लिग इतिहासमा १८ फरक सिजनमा गोल गर्ने पहिलो खेलाडी समेत बने । मेस्सीले सन् २००५/०६ देखि हरेक सिजन गोल गर्दै आएका छन् । यसअघि मेस्सीसँगै रियल मड्रिडका करिम बेन्जेमाले पनि १७ फरक सिजनमा गोल गरेका थिए । बेन्जेमा यस सिजन खेल्न बाँकी नै छ ।

मेस्सीले च्याम्पियन्स लिगमा गोल संख्या १२६ पुर्‍याएका छन् र शीर्ष स्थानको रोनाल्डो भन्दा १४ गोलले पछि छन् । रोनाल्डोले १४० गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्