- समाचार यात्रा
- २ साल अघि
- 93 जनाले पढ़िसके

काठमाडौं : साहित्यकार रत्नलक्ष्मी श्रेष्ठका ‘चिन्ता र चासो’ लेखसङ्ग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवका अवसरमा शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वरिष्ठ कवि डा। विष्णुविभू घिमिरेले उक्त कृतिको लोकार्पण गरिएको हो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षता आयोजित कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठ, वरिष्ठ इतिहासविद् एवं राजनीतिक विश्लेषक प्रा।डा। सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, अनेसासका पूर्वउपाध्यक्ष वरिष्ठ साहित्यकार प्राज्ञ बाबा बस्नेत, लोकार्पित दुवै कृतिका सम्पादक डा। मधुसूदन लामिछाने, परराष्ट्रविद राजेश श्रेष्ठ, पर्सा मिलन केन्द्रका अध्यक्ष इन्जिनियर उमेश गुप्ता रौनियारलगायतले लोकार्पित दुवै कृतिका बारे आआफ्नो मन्तव्य राखेका थिए ।
साहित्यकार मञ्जिला अनिलले सञ्चालन गरेको सो कार्यक्रममा गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक,वरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकारहरू शिव अधिकारी, विजयध्वज थापा, डा। शान्ति गिरी, निर्मलरमण पराजुली, दिनदयाल रिजाल, किशोर श्रेष्ठ, राधा दुलाल कार्की, पुरु लम्साल, डीआर। राई, बिना पोखरेल, उषा केसीको उपस्थिति थियो ।