धादिङका कुमाल एटिएम मेसिन तोडफोड गर्दै गर्दा पक्राउ

  • समाचार यात्रा
  • २ साल अघि
  • 230 जनाले पढ़िसके

कास्की :धादिङका मनोज कुमाल पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय  कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्