- समाचार यात्रा
- २ साल अघि
- 206 जनाले पढ़िसके

काठमाण्डौ : बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ आजदेखि प्रदर्शनमा आएको छ। यो चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएको हो। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।
नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा यो चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ ।