- समाचार यात्रा
- २ साल अघि
- 152 जनाले पढ़िसके

ढाका : बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।
‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल्लेख गर्दै एएफपीले लेखेको छ, ‘अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।’
प्रहरीका अनुसार उक्त डुंगामा ५० जना तीर्थयात्री थिए । उनीहरु शताब्दीऔँ पुरानो मन्दिरका लागि यात्रा गरिएका थिए । उत्तरी बंगलादेशको बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेको थियो ।
दुर्घटनामा २५ जना यात्रु हराइरहेका अर्का एक प्रहरी अधिकारीले बताएको पनि एएफपीले जनाएको छ । स्थानीय सञ्चार माध्यमले भने कम्तीमा १० जनाको उद्दारपछि अस्पताल लगिएको जनाएका छन् ।