- समाचार यात्रा
- २ साल अघि
- 462 जनाले पढ़िसके
चितवन : धादिङका एक युवक नारायणीमा बेपत्ता भएका छन् । धादिङ महादेवबेसी मुलघर भएका १६ वर्षीय अभिषेक अधिकारी पौडी खेल्ने क्रममा मंगलबार मध्यान्ह नारायणीमा डुबेर वेपत्ता भएका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१ देवघाट नारायणी नदीमा पौडी खेल्दै गर्दा साढे १२ बजे तिर अधिकरी डुबेका हुन् ।
उनी आमा पार्वती अधिकारीसँग देवघाटमै डेरा गरि बसेको प्रहरीले जनाएको छ । घटनाका बारेमा दिउँसो सवा १ बजे जानकारी प्राप्त भएपछि खोज तलासका लागि प्रहरी परिचलन भएको डिएसपी पण्डितले बताएका छन् ।