- समाचार यात्रा
- २ साल अघि
- 271 जनाले पढ़िसके

काठमाडौं : बाराको प्रसौनी गाउँपालिका-५ मा एकै परिवारका तीन जनाको शव भेटिएको छ ।
गाउँ नजिकैको ढोरा खोला किनारमा तीन जनाको शव भेटिएको बाराका डिएसपी राजेश थापाले बताए ।
उनका अनुसार स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती सुजता, उनकी छोरी ताहिरा र छोरा राजवीरको शव भेटिएको हो । उनीहरूको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।