अपूर्व क्षितिजलाई साढे २ लाख धरौटीमा छाड्न अदालतको आदेश

  • समाचार यात्रा
  • २ साल अघि
  • 141 जनाले पढ़िसके

काठमाडौँ : कमेडिमार्फत नेवारी समुदायमाथि आँच पुर्‍याएको आरोपमा पक्राउ परेका अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतले थुनछेकको बहसपछि बिहीबार उक्त आदेश गरेको हो। अपूर्वसँग २ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको छ।

दोस्रोपटक पक्राउ परेर प्रहरी हिरासतमा रहेका कमेडियन क्षितिज विरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो ।

जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो ।

प्रतिकृया दिनुहोस्