त्रिपुरासुन्दरीले जित्यो धादिङ क्रिकेट लिगको उपाधि

  • समाचार यात्रा
  • २ साल अघि
  • 693 जनाले पढ़िसके

धादिङ : धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकाकाले जितेको छ । बिशालटारको चन्द्रोदय खेल मैदानमा सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको छ ।

यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो।

११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो। खेलको म्यान अफ द म्याच अमृत थापा भए। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर समेत अमृत थापा भए । उत्कृष्ट ब्यटर कौशल रुपाखेती भए।

प्रतिकृया दिनुहोस्