सेञ्चुरी बहुउद्देश्यीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

  • समाचार यात्रा
  • २ साल अघि
  • 386 जनाले पढ़िसके

काठमाडौं : सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा सहकारी अभियन्ता तथा रोयल बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७७ सालमा स्थापित यस संस्थाको केन्द्रीय कार्यालय टोखा नगरपालिका–९, गोंगबुमा रहेको छ । ‘आजको बचत, भोलीको प्रतिफल’ भन्ने मुल नाराका साथ स्थापित संस्थाले पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ । 

आर्थिक वर्ष २०७८/०७९ को अषाढ मसान्तसम्म संस्थाको सेयर पुँजी ७८ लाख २४ हजार रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप संकलन १ करोड १२ लाख ३७ हजार ५ सय २० रुपैयाँ रहेको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्