- समाचार यात्रा
- २ साल अघि
- 76 जनाले पढ़िसके
काठमाडौ : नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको प्रथम अधिवेशनले अमृत काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।
चितवनको भरतपुरमा सम्पन्न अधिबेशनले कार्यसमितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साहलाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी रहेका छन् । अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा रहेका छन् ।
अधिवेशनको घोषणासभामा प्रमुख अतिथि स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले मेडिकल हबको रुपमा विकास हुँदै गएको चितवनमा रेडियोग्राफरहरुको पेशागत सुरक्षा महत्वपूर्ण विषय भएको बताए । रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने रेडियोग्राफरको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा अत्यान्त न्यून रहेको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका केशव भट्टले पालिकाहरुमा रेडियोलोजिष्ट दरबन्दी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
बरिष्ठ रेडियोलोजिष्ट डा. रमेश घिमिरेले एक्सरेको आविष्कार सर रोन्टजेनले गर्नुभएको चर्चा गर्दै उहाँको योगदानले आजको दिनको इतिहास लेखिएको बताए । एक्सरे विकिरण खतरा छ भन्ने थाहा हुँदाहुँदै पनि खतराको जोखिम कम गरेर स्वास्थ्य क्षेत्रमा धेरै नै फाईदा लिईरहेको उनले बताए।
रेडियोलोजिष्ट डा. प्रवेश घिमिरेले जोखिम हुँदाहुँदै आफूलाई बचाउँदै अरुलाई बचाईरहेको चर्चा गर्द विकिरणले क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्छ भन्ने जनचेतना जगाउन आवश्यक रहेको बताए ।