- समाचार यात्रा
- २ साल अघि
- 53 जनाले पढ़िसके
धादिङ : आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताए ।
कोरोना महामारीपछी धादिङमा महोत्सव आयोजना गरिएको यो पहिलो पटक हो । जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष थपलियाले बताए ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री, जिल्लाभित्र पाइने जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।
आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री–सूचना प्रविधी सम्बन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शन तथा विक्री, हेलिकोप्टरबाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिनेछ उनले भने ।
महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिव्रता दिएको छ । महोत्सवमा १० करोडको कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा एक सय २० वटा विभिन्न स्टलहरु रहनेछन् । महोत्सव जिल्ला सदरमुकामस्थित खुल्ला मञ्चमा हुनेछ ।