सानिमा बैंकको ‘दराज १२.१२’ योजनाका लागि सहकार्य

  • समाचार यात्रा
  • २ साल अघि
  • 49 जनाले पढ़िसके

काठमाडौं  : सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १०५ वा अधिकतम रु. १,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२५ वा अधिकतम रु १,२१२ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगइन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरिद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मङ्सिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्