- समाचार यात्रा
- २ साल अघि
- 985 जनाले पढ़िसके
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आय आर्जनको स्थायी स्रोत बनेको सुन्तलालाई आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।
धादिङ महोत्सव मुल आयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक वीचको छलफलमा जवाङको सुन्तलालाई महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिए ।
राजमार्ग क्षेत्रका बजारहरुमा पोका पोका बनाएर सुन्तला विक्री वितरण भइरहेको देखेको छ, तर कहाँको हो ? कसरी उत्पादन भइरहेको छ, ब्यवसायिक खेती गर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागि सुन्तलाको विक्री संगै सुन्तलाखेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाई महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिए ।
बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चेपाङ सस्कृति र रहनसहन झल्कने झाँकी पनि प्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिए । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहनसहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिका अध्यक्ष थपलियाले जानकारी बताए ।
आगामी पुष ७ गतेदेखि १७ गतेसम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजक धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिए ।