अन्तराष्ट्रिय धादिङ समाजले बैदेशिक रोजगारको क्रममा मृत्यु हुने परिवारलाई सहयोग गर्ने

  • समाचार यात्रा
  • २ साल अघि
  • 990 जनाले पढ़िसके

धादिङ : अन्तराष्ट्रिय धादिङ समाजले धादिङबाट बैदेशिक रोजगारमा गएर मृत्यु भएका र विदेशमा गई विभिन्न समस्यामा परेका परिवारका बालबालिकाहरुलार्ई लक्षित गरेर शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण गर्न लागिएको छ ।

बैदेशिक रोजगारमा विदेश गएर मृत्यु भएका, जेल परेका,भनेको जस्तो काम र तलब नपाएको, बेपत्ता भएका र कम्पनी बन्द भई अलपत्र परेर आर्थिक अभाव भएका बालबालिकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री र न्यानोकपडा वितरण गर्न लागिएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिए ।

कमाउनको लागि विदेश गएकाहरु नै समस्यामा पर्दा घरमा बस्नेहरुलाई आर्थिक समस्या हुने गरेको कारणले दुखीरहेको घाउमा मलमपट्टी लगाउन उक्त सामाग्री वितरण गर्न लागिएको महासचिव राजेन्द्र श्रेष्ठले जानकारी बताए ।

बालबालिकाहरलाई झोला, कापी, पेन्सिल, पेन, ईलेजर, सीसा कटर, टोपी, मोजा, जुत्ता, ट्र्याक सुट र भित्र लगाउन थर्म कोट वितरण गर्ने लक्ष्य रहेको अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता विशेष लोहनीले बताए ।

यस अभियानमा सस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश तामांग, सचिव राजेन्द्र थपलिया, कोषाध्यक्ष भगवती उप्रेती, सह-कोषाध्यक्ष राम थापा तथा कार्यकारी सदस्य राजेश्वर बस्नेतलाई अध्यक्ष खकुरालले विभिन्न क्षेत्रमा जिम्मेवारी तोकेका छन् ।

विदेशमा गई मृत्यु भएका, घाईते भएर फर्केका,बेपत्ता भएका, अवैधानिक रुपमा बसेको र घरमा पैसा नपठाउने गरेकाहरुले अन्तराष्ट्रिय धादिङ समाजका पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत समाजले आग्रह गरेको छ ।

उक्त सहयोग अभियानमा सस्थाका संरक्षक डा अर्जुन अर्यालले आर्थिक सहयोग गरेका हुन् ।

प्रतिकृया दिनुहोस्