सल्यानटार बचत तथा ऋण सहकारीको तेस्रो साधारण सभा सम्पन्न

  • समाचार यात्रा
  • २ साल अघि
  • 338 जनाले पढ़िसके

धादिङ : सल्यानटार बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी सघ धादिङ सन्चालक समिति सदस्य गोपाल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, निवर्तमान अध्यक्ष शम्भु थापा, वडा अध्यक्षहरु, बैक तथा बित्तीय संस्थाका प्रतिनिधि, शिक्षक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका भित्रका ११ वटा मावी तहका असल जेहेन्दार र मेहनती विद्यार्थीलाई रु ५ हजारका दरले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको थियो । संस्थामा भएको नाफा बाट छात्रवृत्ति बितरण गरिएको संस्थाका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिए ।

संस्थामा महत्त्वपूर्ण योगदान गरे बापत संस्थाका कर्जा प्रमुख सुदिप बसौलालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा कार्यलय रहेको सहकारीको ३ सय ६८ जना शेयर सदस्य रहेको छन् ।

 

प्रतिकृया दिनुहोस्