- समाचार यात्रा
- २ साल अघि
- 65 जनाले पढ़िसके

सिडनी । अष्ट्रेलियाको गोल्ड कोस्टको सिवल्र्ड नजिकको आकासमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा चारजनाले ज्यान गुमाएका छन् ।
क्विन्सल्यान्ड प्रहरीले प्रारम्भिक अनुसन्धानबाट एउटा हेलिकोप्टर उड्न लागेको र अर्को अवतरण गर्न लागेको अवस्थामा दुर्घटना भएको बताएको बीबीसीले लेखेको छ ।
ज्यान गुमाउनेमा उड्न लागेको हेलिकोप्टरमा सवार व्यक्तिहरु रहेका छन् । सोही हेलिकोप्टरका अन्य तीनजना यात्रुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
दुर्घटनापछि आपतकालीन अवतरण गरिएको अर्को हेलिकोप्टरमा सवार ६ मध्ये पाँचजना यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
स्थानीय समयअनुसार सोमबार अपराह्न करिब दुई बजे भएको यस हवाई दुर्घटनाबारे अष्ट्रेलियाली पारवहन सुरक्षा ब्युरोले अनुसन्धान गरिरहेको छ ।
ठोक्किएपछि दुईवटै हेलिकोप्टर ब्रिस्बेनदेखि करिब ७५ किलोमिटर दक्षिणमा पर्ने मेन बिच नामक एक पर्यटकीय क्षेत्र नजिक खसेका थिए ।
स्थानिय ट्राफिक प्रहरीले घटनालगत्तै सो क्षेत्रमा सवारीसाधन र बटुवाहरुको प्रवेश रोकेको थियो । गोल्ड कोस्ट क्षेत्रमा अहिले पर्यटकहरु ओइरिने समय हो ।