फिलिपिन्स वायुसेनाको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • समाचार यात्रा
  • २ साल अघि
  • 108 जनाले पढ़िसके

मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना हुँदा चालक दलका दुईजना सदस्यको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् ।

वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।

यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ । इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको ६ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्