लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रिता थापामगर निर्वाचित

  • समाचार यात्रा
  • २ साल अघि
  • 130 जनाले पढ़िसके

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् । उपमहासचिवमा हरि डाँगी, सिरिष देबकोटा , (प्रशासनिक) सचिब जिबन दाहाल , सचिब (सांगठनिक) पिएन सापकोटा
र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएकी छिन् भने सह सचिव (प्रशासनिक)मा सञ्चारकर्मी राज कुमार रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्