- समाचार यात्रा
- १ साल अघि
- 140 जनाले पढ़िसके

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन् ।
भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।