जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

  • समाचार यात्रा
  • १ साल अघि
  • 100 जनाले पढ़िसके

काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टिमको सहभागिता रहेको छ । गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने छ । र त्याहाको प्रशिक्षण पछि नेपाली टिम स्वदेश फिर्ता नभई जिम्बावे जानेछ ।

प्रतिकृया दिनुहोस्