चेन्नईले जिच्यो आईपीएलको उपाधि

  • समाचार यात्रा
  • १ साल अघि
  • 99 जनाले पढ़िसके

काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । चेन्नईको यो पाँचौं उपाधि हो ।गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

२१५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

पानी रोकिएपछि चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हान्यो र ५ विकेटले विजयी भयो ।

यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस्