- समाचार यात्रा
- १ साल अघि
- 84 जनाले पढ़िसके

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले संन्यास लिने घोषणा गरेका हुन् ।
२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए ।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो ।