यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ बजारमा

  • समाचार यात्रा
  • १ साल अघि
  • 202 जनाले पढ़िसके

काठमाडौं । गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ बजारमा आएको छ ।

प्रेमभावमा यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् ।

भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाको पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस्