- समाचार यात्रा
- १ साल अघि
- 174 जनाले पढ़िसके
काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएर मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।