- समाचार यात्रा
- १ साल अघि
- 115 जनाले पढ़िसके
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९ प्रतिशत देखिएको छ। कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन्। संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९ प्रतिशतका दरले ब्याज दिने भएका छन्।
एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन्।
सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।