थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

  • समाचार यात्रा
  • १ साल अघि
  • 90 जनाले पढ़िसके

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ ।

सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।

नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, आकाशभैरव सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड रहेका छन् ।

त्यस्तै, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हब प्रालि, स्टक्स्कार्टस सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र ब्लु चिप सेक्युरिटिज लिमिटेडले अनुमति पाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत असार २१ गते सात, गत साउन १२ गते सात, र साउन १९ गते तीन वटा कम्पनीलाई यस्तो सदस्यता दिएको थियो ।

यसरी हालसम्म धितोपत्र दलालका रूपमा ६७ वटा कम्पनीले काम गरिरहेकामा अब थप ११ वटा व्यवसायी थपिएका छन् ।

प्रतिकृया दिनुहोस्