- समाचार यात्रा
- १ साल अघि
- 105 जनाले पढ़िसके
काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट ३०.५२% लाभांश दिने घोषणा गरेको छ । यस बैंकको बिहीबार (भदौ २८ गतें) बसेको सञ्चालक समिति बैठकले २९ % बोनस सेयर र कर प्रयोजनसहित १.५२% नगद गरी कुल ३०.५२% लाभांश दिने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनआइसी एसियाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो । यस बैंकले पछिल्ला २ आर्थिक वर्षमा लाभांश वितरण गरेको थिएन । क्यापिटल रिक्वाएमेन्ट नपुगेको कारण प्रतिफल वितरणमा रोक लागेको थियो ।