लिबिया बाढी : एकै नगरमा ११ हजार ३०० जनाको मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 114 जनाले पढ़िसके

त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको संख्या ११ हजार ३०० पुगेको छ ।

पूर्वी सहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।

डेर्नामा मात्र अझै १० हजार १०० जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार बेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–सहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिँदैन ।

बाढीबाट सर्वाधिक प्रभावित पूर्वी सहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९आईओएम०ले जनाएको छ ।

९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक संघसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ ।

सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार १९० जनाको अन्त्येष्टि गरिएको छ ।

यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ ।

दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् ।

डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको संख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्