१०औँ खुला क्लबस्तरीय फुटबल प्रतियोगिता कार्तिक ९ गते देखि हुने

  • समाचार यात्रा
  • १ साल अघि
  • 200 जनाले पढ़िसके

 

काठमाडौं । लगनशिल युवा क्लबको आयोजनामा हुने १०औँ खुला क्लबस्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि सुरु हुने भएको छ ।

धादिङको ज्वालामुखीस्थित धारापानी खेल मैदानमा सञ्चालन हुने खेल कार्तिक ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले बताए ।

आयोजकका अनुसार प्रतियोगिताका लागि असोज ३० गतेदेखि कार्तिक ५ गतेसम्ममा टिम दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगितामा २० टिमले सहभागिता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिताको लागि दर्ता शुल्क ९ हजार ९९९ राखिएको छ ।

विजेताले एक लाख ५० हजार र उपविजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार पाउँदा उत्कृष्ट रक्षक, गोलकिपर र उच्च गोलकर्ताले समान चार हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस्