- समाचार यात्रा
- १ साल अघि
- 147 जनाले पढ़िसके

काठमाडौं । वर्ष २०७९ को मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझाले जितेका छन् ।
आज बसेको मदन पुरस्कार गुठीको बैठकले संवत् २०७९ को जगदम्बा–श्री टेकवीर मुखिया तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय गरेको हो ।
२०७९ सालको मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा ‘ऐँठन’सँगै ‘इजोरिया’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ छानिएका थिए ।