- समाचार यात्रा
- १ साल अघि
- 100 जनाले पढ़िसके

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प होइन परकम्प हो ।
भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।