नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुआत

  • समाचार यात्रा
  • १ साल अघि
  • 126 जनाले पढ़िसके

काठमाडौं । पाल सुपर लिग–२०२३ मा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले विजयी सुरुआत गरेको छ ।

सब्टिच्युट राजीव लोप्चनले गरेको एकमात्र गोलको मद्दतले दशरथ रंगशालामा भएको खेलमा प्रतियोगितामा नवप्रवेशी स्पोर्टिङलाई १–० ले पराजित गरेको हो ।

दोस्रो हाफको सुरुमै मैदानमा प्रवेश गरेका राजीवले ५१ औं मिनेटमा गोल गरे । कर्नरमा क्लियर नभएको बलमा उनले नजिकको दूरीबाट बललाई पोस्टको दिशा दिलाएका हुन् ।

गोलरहित बराबरीको पहिलो हाफमा दुवै टिमले राम्रो अवसर बन्न सकेन । दोस्रो हाफमा झनै दुवै टिम केही आक्रामक देखिए र यसैक्रममा राजीवले सुरुमै गोल गरेका हुन् । यस जितसँगै काठमाडौंले ३ अंक बटुलेको छ भने इलाम शून्य अंकमै सीमित रह्यो ।

प्रतिकृया दिनुहोस्