अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो : ओली

  • समाचार यात्रा
  • १ साल अघि
  • 133 जनाले पढ़िसके

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन् ।

बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताए ।

गणतन्त्रको विरोध गर्ने दुःशाहसी काम भइरहेको बताए । अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए ।

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए ।

 

प्रतिकृया दिनुहोस्