सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिस्पर्धा

  • समाचार यात्रा
  • १ साल अघि
  • 120 जनाले पढ़िसके

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् ।

चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७ औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीको प्रतिस्पर्धा सुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् ।

पाँच जनाको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । महोत्सवस्थल सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको वनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए ।

उनले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए । निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत हुनेछन् । मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको आयोजकको भनाइ छ ।

प्रतिकृया दिनुहोस्