- समाचार यात्रा
- १ साल अघि
- 94 जनाले पढ़िसके

काठमाडौं । सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब ११५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका ६ ईदगाहबाट ७० किलोग्राम गाँजासहित पक्राउ पर्नेमा भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला छन् ।
प१–०४–००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाई ६६ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका–१८ झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित पक्राउ पर्नेमा सोही महानगरपालिका–१८ बस्ने १९ वर्षीय नन्दु यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित गएराति पक्राउ गरेको हो ।