- समाचार यात्रा
- १ साल अघि
- 183 जनाले पढ़िसके

काठमाडौं । गायन रियालिटी शो इन्डियन आइडल सिजन १० बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् ।
आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् ।
भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनले बताइन् । उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताइन् ।
उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको बताइन् ।
गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।