- समाचार यात्रा
- ११ महिना अघि
- 103 जनाले पढ़िसके

काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ ।
१५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी छन् ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।